१७ बैशाख २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालय बैठक सकिएको छ ।
बुधवार साँझ बालुवाटारमा तीन घन्टा चलेको सचिवलय बैठकमा पार्टी भित्रका आन्तरिक समस्या पार्टी एकताको सुदृणिकरण र स्थायी कमिटीको बैठकको बारेमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सचिवालयको अर्को बैठक २० गते पुन बस्ने र उक्त बैठकले स्थायी कमिटी बैठक बारे निर्णय गर्ने उनले बताए ।
‘पार्टी भित्र आन्तरिक समस्या पार्टी एकताको सुदृणिकरणका्े महत्व सरकार र केही कमरेडले माग गरेको स्थायी कमिटीको बारेमा र त्यससँग जोडिएका विभिन्न पक्षका बारेमा गम्भीर विचारविमर्श भयो,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने,’छलफल जारी छ । यस बीचमा पार्टीको नेतृत्व टिमले अनौपचारिक गृहकार्यको कुरालाई अघि बढाउँदै यही २० गते पुन सचिवालयको बैठक बस्ने निर्णय गरेको छ । ‘
सचिवालयको बैठकले अहिलेको आवश्यकतासँग मेल खाने, पार्टीलाई एकतावद्ध रुपमा अगाडि बढाउने र जनादेश अनुसार सामाजिक आर्थिक रुपान्तरणलाई अघि बढाउने सन्दर्भमा उपयुक्त निर्णय लिने प्रवक्ता श्रेष्ठको भनाइ छ ।

प्रेस विज्ञप्ति
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डको संयुक्त अध्यक्षतामा बालुवाटारमा बस्यो ।
बैठकमा पार्टीको आन्तरिक एकताको सुदृढीकरण, सरकारका काम कारबाही, स्थायी समितिको बैठकलगायत विभिन्न विषयहरूमा गहन छलफल भयो । सबै सदस्यहरूले आ–आफ्ना धारणाहरू राख्नुभयो ।
बैठकले आन्तरिक छलफल र सरसल्लाह जारी राख्दै आगामी बैशाख २० गते पार्टी सचिवालयको बैठक बस्ने निर्णय गरेको छ ।
नारायणकाजी श्रेष्ठ
प्रवक्ता
१७ बैशाख २०७७
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।