१८ बैशाख २०७७
काभ्रे । वामदेव गौतमलाई प्रधानमन्त्री प्रस्ताव गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य एवं युवा नेता लेखनाथ न्यौपानेले ‘एउटाको उट्पट्याङ प्रस्ताव’ को संज्ञा दिएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा यो प्रस्तावको प्रतिक्रिया दिंदै नेता न्यौपानेले उट्पट्याङ भनिएको हो ।
‘सांसद नभएको व्यक्ति कसरी प्रधानमन्त्री हुन् सक्छ ?’ न्यौपानेले लेखेका छन्, ‘एउटाको उट्पट्याङ प्रस्ताव !’
गौतम आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएपछि मख्ख भएको र अरु जति ओलीले सरकार छोड्ने भयो भनेर लठ्ठ भएको व्यंग्य समेत गरेका छन् । ‘अर्को आफ्नै नाम आएपछि मख्ख ! अरुहरु अब त छोड्ने भयो भनेर लठ्ठ !’
उनले विभिन्न विकल्पहरु समेत दिएका छन् । साथै प्रधानमन्त्री ओलीलाई व्यंग्य गर्दै ‘लोक हँसाउने कामरेड कलाकार’को संज्ञा समेत दिएका छन् ।
सरकार र पार्टीलाई रचनात्मक र अर्थपूर्ण सुझाव दिंदै आएका नेता न्यौपानेले ४ वटा कुराहरु अघि सारेका छन् ।
उनले लेखेका छन्ः
‘१. आमूक व्यक्तिलाई प्रधानमन्त्री बनाउनका लागि कि कोही प्रतिनिधिसभा सदस्यलाई बली चढाउनु पर्यो ।
२. संविधान संशोधन गरेर राष्ट्रियसभाको सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने संविधानमा व्यवस्था गर्नुपर्यो ।
३. खिलराज रेग्मी मोडेल अपनाउनु पर्यो ।
४. पंचायती व्यवस्थामा झै राजाले खास मान्छेलाई टिपेर नियुक्त गर्ने तरिकामा छलाङ मार्नुपर्यो ?’
पछिल्लो राजनीतिकगर्मीलाई उनले घृणा मात्रै गरेनन् छि समेत भन्दै ‘यसैलाई हो कम्युनिष्ट राजनीति भन्ने ?’ भनेर प्रश्न सेमत गरेका छन् । ‘देशमा संकटकाल लगाउने, सामान्य जनतालाई कोठाकोठामा थुन्ने, हामीभने पद र पावरका लागि जे पनि गर्दै हिंड्ने ! यसैलाई हो कम्युनिस्ट राजनीति भन्ने ? छि !’ उनले लेखेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















