१९ बैशाख २०७७
विभिन्न कामको सिलसिलामा बहराइनमा पुगेका १५७ जना नेपालीलाई कोरोना सङ्क्रमण भएको बहराइनमा रहेको नेपाली दूतावास बहराइनले जनाएको छ। ३१ जना थप नेपालीमा कोरोना संक्रमित भएको छ । यसअघि १२६ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो ।
बहराइन सरकारले सबै नेपालीको आफ्ना नागरिक सरह नै उपचार गरिरहेको र अवस्था सामान्य रहेको दूतावासको भनाइ छ। यस्तै, दूतावासले कोरोनाका कारण समस्या पर्ने नेपाली श्रमिकलाई आफ्नो विवरण टिपाउन अनुरोध गरेको छ। समस्यामा पर्ने नेपालीको एकीकृत विवरण लिने र समस्या समाधानका लागि सहजीकरण गर्न समस्यामा परेका नेपालीको विवरण सङ्कलन गर्न लागिएको दूतावासले जनाएको छ।
यस्तै कुवेतमा थप १३ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। बिहीबारसम्ममा कुवेतमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ६४ पुगेको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिए। मंगलबारसम्ममा ५१ नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















