१९ बैशाख २०७७
सिन्धुपाल्चोक । जिल्लको हेलम्बु गाउँपालिका ७ बंगारेमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । विहिबार दिउँसो ३५ वर्षीय राम बहादुर तामाङले आफ्नी ३० वर्षीय अस्मिता तामाङको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेका अनुसार श्रीमतिलाई भैसी बाँध्ने काठको किलोले टाउकोमा प्रहार गरी हत्या गरेक थिए ।
बिहानको खाना खाएर चुठ्न लाग्दा पछाडिबाट किलोले श्रीमतीको टाउकोमा हानेर हत्या गरेको वडाध्यक्ष खेतनाथ घिमिरेले जानकारी दिए । वडा अध्यक्ष घिमिरेका अनुसार निज राम बहादुर लामो समयदेखि मानसिक रोगको औषधि खाइरहेका थिए ।
गत वर्षदेखि उनलाई औषधिले काम गर्न छाडेको परिवारले भन्दै आएको अध्यक्ष घिमिरेले बताए । उनले घरका अन्य सदस्यहरुलाई पनि मार्छु भन्दै आएका थिए ।
हत्यापछि राम बहादुरलाई प्रहरीले नियन्त्रणमा लिइ घटना अनुसन्धान गरिहेको बताइएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















