२० बैशाख २०७७
पाँचखाल । नेपाल इन्जिनियर्स एसोशिएसन बाग्मती प्रदेशले पाँचखाल नगरपालिकालाई कोरोना संक्रमण कोभिड १९ को लागि स्वाव संकलन गर्ने बुथ हस्तान्तरण गरिएको छ । शुक्रबार एसोशियसनका वागमती प्रदेश कमिटि सदस्य नविन काफ्ल र पाँचखाल नगरपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर कपिलदेव भट्टले नगर प्रमुख महेश खरेललाई उक्त बुथ हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा नेपाल इन्जिनियर्स एसोशिएसन बाग्मती प्रदेशलाई धन्यावाद दिँदै नगर प्रमुख खेरेलले स्वाब संकलन बुथले संक्रमणलाई कम गराउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
हस्तान्तरण कार्यक्रममा पाँचखाल नगरका स्वास्थ्य शाखा प्रमुख उज्वल अधिकारी, पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रका डा अमन दत्त, पाँचखाल नगरका प्रविधिकहरु लगायतको सहभागिता रहेको थियो ।
नेपाल इन्जिनियर्स एसोशिएसनले पाँचखाल लगायत मण्डनदेउपुर, रामेछापको मन्थली, सिन्धुपाल्चोकको साँगाचोक गढी चौतारा, बाह्रविसे र मेलम्ची, नुवाकोटको विदुर लगायतका पालिकामा हाल सम्म १० वटा स्वाब संकलन बुध वितरण गरिसकेको छ । ९० देखि १ लाख प्रति वुथ खर्च भएको बताउँदै अझ राम्रो बुथ हस्तान्तरण गर्ने नेपाल इन्जिनियर्स एसोशिएसन बाग्मती प्रदेशले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















