२२ बैशाख २०७७
काभ्रे । नेपाली काँग्रेस काभ्रेले जिल्लाको सबै स्थानीय तहलाई स्वास्थ्य सामाग्री हस्तन्तारण गरेको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि भन्दै काँग्रेसका केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईंको नेतृत्वमा सबै स्थानीय तहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
जिल्लाका १३ वटा स्थानीय तहको स्वास्थ्य केन्द्रहरुमा स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् । यसैगरी नेपाली काँग्रेस काभ्रेका सभापति मधुप्रसाद आचार्यको नेतृत्वमा समेत स्थानिय तहहरुमा स्वास्थ्य सामाग्रीहरु बितरण गरिएको छ । यसैगरी सभापति आचार्यका अनुसार १३ वटै स्थानिय तहहरुमा पुगेर बितरण गरिने बताए ।
सभापति आचार्यको नेतृत्वमा बेथानचोक, भुम्लु, खानीखोला, मण्डनदेउपुर, नमोबुद्ध र पनौतीका स्वास्थ्य सामाग्रीहरु बितरण गरेको हो । आचार्यका अनुसार स्वास्थ्यकर्मीहरु भनेका सबैभन्दा बढि खटिनु पर्ने भएकोले उनीहरु अहिले सबै भन्दा जोखिममा रहेको बताउँदै उनले स्वास्थ्यकर्मीहरुको समस्यालाई मध्यनजर गर्दै सामाग्रीहरु बितरण गरिएको बताए ।
बितरण गरिएका सामाग्रीहरुमा पिपिई सेट, स्यानिटाइजर, मास्क, ग्लोब, साबुनहरु रहेका छन् । यसैगरी नेपाली काँग्रेस काभ्रेले रोटरी क्लब, लाइन्स क्लब, रेडक्रस काठमाण्डौसँग समन्वय गरेर कामहरु अगाडी बढाइएको बताए । उनका अनुसार जिल्लाका सबै स्थानिय तहका मेयर, अध्यक्षसँगको सम्पर्कमा बितरण गरिएको छ ।
नेपाली काँग्रेसले संस्थागतका साथै नेताहरु मार्फत कामहरुलाई तिब्रता दिएको छ । यसैक्रममा शहरी क्षेत्रमा बसोबास गरि आंशित तथा पुर्ण संकटमा रहेको ब्यक्तिहरुलाई उनीहरुको अनुरोध अनुसार राहत सामाग्रीहरु दिइएको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एंव ट्रेड युनियन विभाग प्रमुख हुमागाँईको नेतृत्वको टोलीले वितरण गरिएको कोरोना रोकथामको स्वाथ्य सामाग्री पाँचखाल नगरपालिकाका मेयर महेश खरेल, धुलिखेलका उप–मेयर बिमला शर्मा चौंलागाई, पनौती नगरपालिकाका मेयर भिम न्यौपाने, बनेपाका मेयर लक्ष्मीनरसिं बादे, नमोबुद्ध नगरपालिकाका मेयर टिपी शर्मा तिमल्सिना, मण्डनदेउपुरका मेयर टोकबहादुर वाइबा, बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, चाँैरीदेउराली गाउँपालिकाका अध्यक्ष दिनानाथ गौतम, रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामा, भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँबर, तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङ, खानीखोला गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खुलाललाई वितरण गरिएको थियो ।
यसैगरी नेपाली काँग्रेसका नेता गणेश लामाको सहयोगमा शहरी क्षेत्रमा रहेका बिद्यार्थीहरुलाई राहत सामाग्रीहरु बितरण गरिएको छ । लकडाउनका कारण घर जान नपाएका बिद्यार्थीहरु लाई उनीहरु बसेकै ठाउँमा पुगी खाद्यन्न सामाग्रीहरु बितरण गरिएको गणेश लामाको सचिवालयले जनाएको छ । महामारी रोकथाम तथा नियन्त्रणमा जिल्ला भित्र रहेका सबै स्वास्थ्य संस्थाहरुका लागि थोरै भए पनि सहयोग पुगोस भन्ने हेतुले आवश्यक स्वास्थ्य सामाग्री ब्यवस्थापन गरेको नेपाली काँग्रेसका नेताहरुले बताएका छन् ।
सरकारले आम नागरिकको स्वास्थ्य सुरक्षाको लागि आशितित कार्य गर्न नसकेको भन्दै नेपाली काँग्रेस सधैं जनताको दुःख सुखको साथी रहेको भन्दै जनताको सेवामा दिनरात खटिने जिल्ला सभापति आचार्यले बताए । ‘कोरोनाको महामारीको समयमा यो त्यो भन्नु भन्दा पनि जसले जहाँबाट सकिन्छ त्यहाँ बाट सहयोग गर्नुपर्छ ।’ उनले भने, ‘त्यसैले त नेपाली काँग्रेस नेपाली जनताको दुःख सुखको साथी हुन सक्छ । सानो सानो सहयोगले पनि विपतमा महत्वपूर्ण भूमिका खेल्ने सोचेर आवश्यक सामग्री उपलब्ध गराईएका हौं ।’
केन्द्रिय सदस्य हुमागाईको तर्फबाट प्रत्येक स्वास्थ्य केन्द्रलाई एक।एक थान पिपिई र दुई सय थान माक्स हस्तान्तरण गरिएको नेपाली काँग्रेसका केन्द्रिय सदस्य को सचिवालयले जनाएको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य हुमागाईको नेतृत्वमा वितरण कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नम्बर १ काभ्रेपलाञ्चोक प्रतिनिधी सभा सभापति संविधान सभा सदस्य तिर्थ लामा, नेपाली काँग्रेस काभ्रेपलाञ्चोकका उपसभापति अच्यूत प्रसाद पौडेल, नेपाली काँग्रेस काभ्रेपलाञ्चोकका सचिब दिनेश लामा, नेपाल शिक्षक संघ बागमति प्रदेश अध्यक्ष नारायण तिमल्सिना, नेपाली काँग्रेस क्षेत्रीय सभापति रमेश प्रसाद हुमागाई, नेपाली काँग्रेसका क्षेत्रीय सभापति सुन्दरमणी आचार्य, नेपाल शिक्षक महासंघका अध्यक्ष आश्विनप्रसाद चौलागाँई, नेपाल तरुण दलका नेता राम जोशी, क्षेत्रीय सभापति राम लामा, नेपाल बिद्यार्थी संघका नेता माधब ढकाल, भगवान अधिकारी, नेपाली काँग्रेस क्षेत्रीय सचिब गुणराज मोक्तान, ट्रेड युनियन जिल्ला उपाध्यक्ष सन्तोष गौतम, नेपाली काँग्रेस बनेपाका सचिब राम जोशी लगायतको सहभागिता रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















