२५ बैशाख २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटि बैठक २ दिन भित्र बोलाउने तयारी भइरहेको बताएका छन् । बिहीबारका लागि बोलाइएको बैठक स्थगित भएपछि अध्यक्ष दाहालले पहिलो पटक यसबारेमा औपचारिक प्रतिकृया दिएका हुन्।
अध्यक्ष प्रचण्डले आन्तरिक गृहकार्य नपुगेकाले बैठक बस्न नसकेको बताए। अध्यक्ष प्रचण्डले अहिले दुई अध्यक्षबीच छलफल जारी रहेको बताए। उनले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको छलफल सकिएपछि २ दिनभित्र स्थायी कमिटी बैठक बोलाउने तयारी भएको बताए।
संसद भवन नयाँ बानेश्वरमा कोरोना परीक्षणका लागि स्वाव दिएपछि बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘अलि गृहकार्य नपुगेकै हो। दुवै अध्यक्षले बैठक एक दुई दिन भित्र बोलाउँछौं।’
स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न हिजो बोलाइएको सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि अनिश्चित बनेको छ। अध्यक्ष प्रचण्डले बिहीबारै संसद सभाहलको अनुगमन पनि गरेका छन्। अनुगमनका क्रममा प्रचण्डले बैठक ढुक्कसँग बस्न सक्ने वातावरण बनेको बताए।
ुपहिले एक सिट छोडेर बस्ने भन्ने थियो तर अहिले दुई सिट छोडेर बस्न मिल्ने बनाइएको छ। प्रधानमन्त्रीका लागि २ वटा रो नै छोड्ने र माथि पनि प्रयोग गर्ने बनाइको छु, उनले भने, ुस्यानिटाइजेसन गरेर राम्रोसँग स्वास्थ्य सुरक्षाका उपाय अपनाइएको छ। ढुक्कसँग बैठक बस्ने वातावरण बनेको छ।ु
बिहीबार संघीय संसद सांसदहरु र कर्मचारीहरुको स्वाव पीसीआर परीक्षणका लागि संकलन गरीएको छ। संसद बैठक बस्नुअघि परीक्षणका लागि स्वाव संकलन गरिएको हो।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















