२६ बैशाख २०७७
काठमाडौं । देशका मध्य र पूर्वका पहाडी भूभागमा शुक्रबारको मौसम आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका मध्य र पूर्वका पहाडी भूभागका थोरै स्थानहरूमा साथै तराईका केही स्थानमा मेघगर्जन, तथा चट्याङ्सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
शुक्रबार राति पनि देशका पूर्वी भूभाग लगायत मध्य र पश्विमका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली भई बाँकी भूभागमा आंशिक बदली रहने तथा मध्य र पूर्वका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ् तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
बैशाख २६ गते (शुक्रबार)
दिउँसो: देशको पूर्वी भू(भागमा सामान्य बदलि र बाँकि भू(भागमा आंशिक बदलि रहनेछ ।देशका पूर्वी भू-भागका थोरै स्थानहरूमा साथै मध्य र पश्चिमका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित वर्षाको सम्भावना छ।
राति: देशको पूर्वी भु(भागमा सामान्य बदली अनि मध्य र पश्चिमका पहाडी भू(भागमा आंशिक बदली भई बाँकि भू-भागमा सामान्यतया सफा रहनेछ। पुर्वी भू-भागका एक दुइ स्थानमा मेघगर्जनरचट्याङ्गर असिना र हावाहुरी सहित वर्षाको सम्भावना छ।
बैशाख २७ गते (शनिबार)
दिउँसो: देशका पहाडी भू(भागमा सामान्य बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदलि रहनेछ। देशका पहाडी भू-भागका केहि स्थानहरुमा र तराइका एक दुइ स्थानमा मेघगर्जनरचट्याङ्गर असिना र हावाहुरी सहित वर्षाको सम्भावना छ।
राति: देशका मध्य र पुर्वका भू(भागमा सामान्य बदली भई बाँकि भू(भागमा आंशिक बदली रहनेछ। मध्य र पुर्वका थोरै स्थानहरुमा र पश्चिमका पहाडी भू(भागका एक दुई स्थानमा मेघगर्जनरचट्याङ्गर असिना र हावाहुरी सहित वर्षाको सम्भावना छ।
बैशाख २८ गते (आइतबार)
दिउँसो: देशभर सामान्य बदली रहनेछ।पश्चिमि भू(भागका केहि स्थानहरुमा अनि मध्य र पुर्वका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गर असिना र हावाहुरी सहित वर्षाको सम्भावना छ।
राति: देशभर सामान्य बदली रहनेछ। मध्यका केहि स्थानकरुमा अनि पुर्व र पश्चिमका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गर असिना र हावाहुरी सहित वर्षाको सम्भावना छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















