२६ बैशाख २०७७
काठमाडौं । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्।
शुक्रबारदेखि सुरु संसदको बजेट अधिवेशनलाई सम्बोधन गर्दै भट्टराईले अहिलेको उचाईंमा रहिरहन प्रधानमन्त्री ओलीले राजीनामा दिन उचित हुने बताएका हुन्।
‘तपाईं उचाईंमा पुगेर त्यहीँ रहनुस्, यस्ता अनावश्यक तनावमा नपर्नुस्’, उनले भने, ‘रोगले जीर्ण भएको शरीरलाई आराम गर्नुस्। प्रधानमन्त्री पदबाट राजीनमा दिनुस्। हामी ६०÷६५ वर्षमाथिकाले अब आराम गर्नु नै उचित हुन्छ।’
डा। भट्टराई प्रधानमन्त्री ओली अहिले राजनीतिको शिखरमा रहेकाले त्यहीँ रहिरहन सोच्ने बेला आएको जोड दिए। ‘शिखरमा पुग्न सजिलो हुन्छ तर अडिर गाह्रो पर्छ’, उनले भने, ‘त्यसैले अब प्रधानमन्त्रीले सोच्ने बेला आएको छ। आशा छ, उहाँले सोचेर उचित निर्णय लिनुहुन्छ।’
देशको प्रधानमन्त्री सबैको अभिभावक भएको भन्दै भट्टराई पार्टी फुटाउने जस्ता गम्भीर षड्यन्त्रमा लाग्नु ठूलो भूल भएको बताए। ‘देशको प्रधानमन्त्री सबैको अभिभावक हो। हाम्रा सांसद अपहरणमा उहाँ र उहाँनिकटको संग्नता छ’, उनले भने, ‘तर हामीले दिएको जाहेरी प्रहरीले बिनाकारण लिन मानेन। जाहेरी पनि नलिने भन्ने हुन्छरु’
भट्टराईले पार्टी भत्काएर लोकतन्त्र बलियो नहुने बताए। ‘कुनै पनि पार्टी फुटाएर पार्टी बलियो हुन सक्दैन। हामी पीडित बनेको अवस्थामा उल्टै हामीमाथि नै मुद्दा लगाइयो’, उनले भने, ‘जो पीडित छ, त्यसैलाई मुद्दा लगाएपछि वाक्क दिक्क भएर पछि हट्ने अवस्था बनाउन खोजियो।’
उनले राजनीतिक दलबीच तिक्तता हुन नहुनेमा जोड दिए। ‘जनतामा हामी सबै खत्तम छौँ भन्ने छाप परेको छ। अब आत्मसमीक्षा गरौँ’, उनले भने, ‘३८ जना प्रधानमन्त्री भए। बीपीसहितको केही नाम आउँछ, अरु धेरैको त नाम पनि आउँदैन। मेरो पनि नाम आउँदैन होला। के सत्कर्म गर्यो भन्ने ठूलो कुरा हो। तपाईं ९ओली० उचाईंमा पुगेर त्यहीँ रहनुस्।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।