२६ बैशाख २०७७
काठमाडौं । अपहरण तथा शरिर बन्धक कसुरमा जिल्ला सरकारी वकिलको कार्यालयले जाहेरी दरखास्त पठाएपछि काठमाडौं प्रहरीले पूर्वआईजी सर्वेन्द्र खनाल, सांसदहरू महेश बस्ने र किसान श्रेष्ठविरुद्ध अनुसन्धान सुरु गरेको छ ।
समाजवादी पार्टीका सांसद डा। सुरेन्द्र यादवले सरकारी वकिलको कार्यालयमा दिएको निवेदनका आधारमा अनुसन्धान थालिएको हो । यसका लागि काठमाडौं प्रहरी परिसरले अनुसन्धानका लागि प्रहरी निरिक्षकको टोली महोत्तरी खटाइएको उच्च स्रोतले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।