काठमाडौं । मन्त्रीलाई भेटन नदिएको भन्दै सिंहदरवारभित्र मन्त्रीकै कार्यकक्षमा मन्त्रीको स्वकीय सचिवले निर्घात कुटाइ खाएका छन । यो खबर आजको नेपाल समाचारपत्रमा छ । लामो समयसम्म कुर्दा पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई भेट्न समय नमिलाइदिएको भन्दै मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले नै कुटपिट गरेका थिए । गृह मन्त्रालयमा भेटघाट गर्न भन्दै नेकपाका पाँच जना द्धन्द्ध पीडित कार्यकर्ताहरुले गेटबाट पास लिएर सिंहदरवार प्रवेश गरेका थिए । लामो समयसम्म कुर्दा पनि भेट्न पालो नआएपछि नेकपाका कार्यकर्ताहरुले समय मिलाइदिन स्वकीय सचिव विष्टलाई दबाब दिएका थिए । स्वकीय सचिव विष्टले मन्त्रीज्यू व्यस्त रहेको भन्दै ती कार्यकर्तालाई अलमल्याउन खोजेका थिए । लामो समय कुर्दा पनि समय नपाएपछि भेट्ने पालो कुरेर बसेका कार्यकर्ताहरुले आफ्नै पार्टीको मन्त्रीलाई पनि भेट्न नपाउने भन्दै आक्रोश व्यक्त गर्दै कुटपिट गरेको एक प्रत्यक्षदर्शीले नेपाल समाचारपत्रलाई बताए । । ती प्रत्यक्षदर्शीका अनुसार साँझ ६ बजेसम्म पनि भेट्न पाउने÷नपाउने विषयमा भनाभन भएपछि दुई जना कार्यकर्ताले स्वकीय सचिव विष्टमाथि कुटपिट गरेका थिए ।
२७ बैशाख २०७७
कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम वडाध्यक्षको कुटाइबाट घाइते भएका छन् । पलाँता गाउँपालिका– २ का वडाध्यक्ष मानबहादुर भण्डारीले गाउँपालिका अध्यक्षलाई कुटेर घाइते बनाएका हुन् ।
पलाँता गाउँपालिका– २ को ग्रामीण सडक योजनाको उपभोक्ता समिति गठन गर्ने क्रममा वडाध्यक्ष भण्डारी, नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का गाउँपालिका अध्यक्ष विष्णु रोकाया र स्थानीय नेकपा नेता धनीराम भण्डारीले गाउँपालिका अध्यक्ष बमलाई कुटपिट गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता लोकनाथ तिमिल्सेनाले जानकारी दिए ।
‘बिहान ११ बजेतिर गाउँमा उपभोक्ता समिति गठनसम्बन्धी छलफल भइरहेको वेला वडाध्यक्ष भण्डारीलगायतको टोलीले गाउँपालिका अध्यक्ष बममाथि एक्कासि आक्रमण गरेको हो,’ उनले भने, ‘आक्रमणमा गाउँपालिका अध्यक्ष बम, उनकी श्रीमती र भतिजा सामान्य घाइते भएका छन् ।’ घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको तिमिल्सेनाले जानकारी दिए ।
अहिलेसम्म घटनामा संग्लन कोही पनि पक्राउ नपरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । गाउँपालिका अध्यक्ष बम र वडाध्यक्ष भण्डारी दुवैजना पूर्वमाओवादी केन्द्रबाट विजयी भएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।