२२ बैशाख २०७७
काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वागमती प्रदेश कमिटी सदस्य तथा पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज)ले पार्टी भित्र जाँड खाएर क्याम्पिङ गर्ने प्रबृत्ति बढेको आरोप लगाएका छन् । शनिबार हाम्रो टिभी नमोबद्ध यूट्यूब च्यानललाई विशेष अन्तरवार्ता दिंदै लालध्वजले उक्त आरोप लगाएका हुन् ।
भिडियोः

आफू एमाले वा माओवादी केन्द्र नभई नकपा भएकोले निरन्तर एकताको पक्षमा रहेको उनले बताए । ‘म न एमाले हुँ, न माओवादी केन्द्र । म नेकपा हुँ ।’ उनले भने, ‘पार्टी फुटाउन म लागेको होइन, जाँड खाएर पार्टी भित्र क्याम्विङ गर्ने प्रबृत्ति बढेको छ । यसको अन्त्य हुनुपर्छ ।’
कसैले कहींबाट हाम फाल भन्दैमा आफूले त्यसो नगर्ने उनले बताए । ‘म कसैले धरहराबाट हाम फाल भन्दैमा फाल्दिन ।’ उनले भने, ‘विचार सही लाग्य भने हामीले हाम फालेकै छौं । जनयुद्ध लडौं भने हामीले लडयौं ।’
अहिलेको जनमत कुनै अमुक व्यक्तिलाई नभई वाम गठबन्धनलाई आएको बताउँदै लालध्वजले पार्टी एकताको लागि जनताले मत राखेको बताए ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।