२८ बैशाख २०७७
काठमाडौं । नेपालमा आजसम्म कोरोना भाइरस परीक्षणको संख्या ७३ हजार ४ सय ४८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिमार्फत ५६ हजार ५ सय ५० वटा र पिसिआर विधिमार्फत १६ हजार ८ सय ९८ वटा परीक्षण भएका छन्।
मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा। विकास देवकोटाले पछिल्लो २४ घण्टामा मात्र १ हजार ३ सय १६ वटा परीक्षण गरिएको जानकारी दिए।
आइतबारसम्म आरडिटी विधिमार्फत भएका परीक्षणको संख्याको प्रादेशिक विवरण निम्नानुसार छ स्
प्रदेश नम्बर १ मा ७ हजार ५५ वटा
प्रदेश नम्बर २ मा ५ हजार ८ सय ९० वटा
बागमती प्रदेशमा ९ हजार १ सय ८१ वटा
गण्डकी प्रदेशमा ६ हजार ३ सय ७७ वटा
प्रदेश नम्बर ५ मा ६ हजार ७ सय ७४ वटा
कर्णाली प्रदेशमा ६ हजार ३ सय ६३ वटा
सुदुरपश्चिम प्रदेशमा १४ हजार ९सय १० वटा
आजको अपडेटअनुसार क्वारेन्टाइनमा बस्नेहरुको कुल संख्या १३ हजार ६ सय २५ जना रहेको छ। जसमध्ये सबैभन्दा कम बागमती प्रदेशमा १ सय १० जना र गण्डकी प्रदेशमा २ सय ४२ जना रहेका छन्। त्यसपछि प्रदेश नम्बर १ मा १ हजार २ सय ३८ जना, प्रदेश नम्बर २ मा १ हजार ४ सय ४३ जना, कर्णाली प्रदेशमा २ हजार ३ सय २६ जना र सुदूरपश्चिम प्रदेशमा ३ हजार ३ सय २४ जना रहेका छन्। सबैभन्दा बढी भने प्रदेश नम्बर ५ मा ४ हजार ९ सय ४२ जना क्वारेन्टाइनमा रहेका छन्।
मन्त्रालयका अनुसार आज देशभर १ सय ६४ जना सम्भावित संक्रमित र संक्रमित आइसोलेसनमा रहेका छन्। तीमध्ये ३ जना काठमाडौं उपत्यकामा र काठमाडौंबाहिर १६१ जना रहेका छन्। प्रवक्ता देवकोटाले देशभर आजसम्म ११० जना कोरोना संक्रमित फेला परेका बताए। तीमध्ये ७८ जना पुरुष र ३२ जना महिला रहेका छन्।
सबैभन्दा बढी कोरोना संक्रमित प्रदेश नम्बर १ मा भेटिएका छन्। जहाँ संक्रमितको संख्या ३५ जना रहेको छ। त्यसपछि प्रदेश नम्बर २ मा ३१ जना, प्रदेश नम्बर ५ मा ३० जना, बाग्मती प्रदेशमा ७ जना र सुदुरपश्चिम प्रदेशमा ५ जना रहेका छन् । गण्डकी प्रदेशमा सबैभन्दा कम २ जना संक्रमित भेटिँदा अहिलेसम्म कर्णाली प्रदेशमा भने कोरोनाको संक्रमण फेला परेको छैन।
अहिलेसम्म ३१ जना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् भने बाँकी ७९ जनाको देशका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ। वीरगञ्जमा २७ जना, नेपालगञ्जमा २४ जना, विराटनगरमा २१ जना, रुपन्देहीमा ६ जना र भरतपुरमा एक जना संक्रमित उपचाररत रहेको र सबैको स्वास्थ्यअवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















