लूटपाट गर्ने ५ जना पेस्तोल र गोली सहित पक्राउ
२८ बैशाख २०७७
काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेले चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ । गत बैशाख २१ गते रातिको समयमा धुलिखेल नगरपालिका वडा नम्वर ७ बसपार्कमा रहेको किराना पसल चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी रविकुमार पौडेलका अनुसार उक्त किराना पसलको पछाडीको झ्याल फुटाएर पसल भित्र रहेको नगद तथा जिन्सी सहिका सामानहरु चोरी गर्ने समुहका ब्यक्तिहरुलाई प्रहरीले बैशाख २४ गते पक्राउ गर्न सफल भएको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नम्वर ६ का २२ बर्षिय सुवास मगर, चौतारा साँगाचोकगढी नगरपालिका ०२ हर्रेडाँडाका १९ बर्षिय नक्कले तामाङ, काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका ७ बस्ने २१ बर्षिय सुजन गौतम र चौरीदेउराली गाउँपालिका नाग्रेगगर्चे स्थायी घर भई हाल धुलिखेल नगरपालिका ७ बस्ने २१ बर्षिय अनिल प्रधान रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।
प्रहरीले उनिहरुको साथबाट चक्लेट, साबुन, बिस्कुट, स्याम्पु, चुरोट, आलु चिप्स बरामद गरेको छ । सो पसलबाट ६४ हजार ६ सय ५० रुपैयाको सामान चोरी भएको प्रहरीले जानकारी दिएको छ । प्रतिवादीहरुलाई डाँका तथा चोरी सम्बन्धी कसूर मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता थापाले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।