२९ बैशाख २०७७
धुलिखेल । काभ्रेमा सञ्चालनमा रहेका एम्बुलेन्समा जिपिएस डिभाईस जडान गरिएको छ। धुलिखेल अस्पतालले अनुगमन गर्ने गरी २० वटा एम्बुलेन्समा जिपिएस डिभाइस जडान गरिएको हो।
जिल्लामा सञ्चालित एम्बुलेन्सहरुमा जिपिएस डिभाइस जडान सकिएको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा। नरेन्द्रकुमार झाले बताए। ‘जिल्लाभर सञ्चालनमा रहेका ३५ वटा एम्बुलेन्समध्ये २० वटामा जिपिएस जडान गरेको छ,’ उनले भने, ‘जिपिएस जडान गरिएको एम्बुलेन्सहरुको मनिटरिङ धुलिखेल अस्पतालबाट गरिने छ।’
काभ्रेमा सञ्चालनमा रहेकामध्ये दुईवटा एम्बुलेन्समा यसअघि नै जिपिएस जडान गरिएको छ। त्यस्तै चौरीदेउराली र बेथानचोक गाउँपालिकाका चारवटा एम्बुलेन्समा जिपिएस डिभाइस जडान गरिएका छन्। ती एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटीमार्फत हस्तान्तरण गरिएको थियो।
यहाँ अस्पताल, रेडक्रस, स्थानीय तह, स्वास्थ्य कार्यालय, क्लवले एम्बुलेन्स सञ्चालन गर्दै आएका छन्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।