२९ बैशाख २०७७
धुलिखेल । कपिलबस्तु जिल्लामा १० जना कोरोना भाइरस संक्रमित भेटिएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन् ।
योसँगै कोभिड–१९ का पुष्टी भएकाहरुको जम्मा संख्या १ सय २० पुगेको छ । ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशालमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या १० छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘जो कपिलबस्तु, यशोधरा गाउँपालिका–५ र बुद्धभुमी नगरपालिका–७, १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुषहरु र १ जना उमेर नखुलेको पुरुष रहेका छन् ।’
संक्रमितहरुको स्वास्थ्य अवस्था समान्य छ र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको सहप्रवक्ता अधिकारीले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।