लामो समयदेखि भारतीय सीमा नाकामा अलपत्र परेका हजारौं नेपाली नागरिकहरूलाई उद्धार गरी स्वदेश फर्काउन सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगले निर्देशन दिएको छ ।
आयोगले मंगलबार विज्ञप्ति जारी गरी देशव्यापी अनुगमनका क्रममा सीमा क्षेत्रमा नेपाली नागरिकहरू लकडाउनपछि असुरक्षित अवस्थामा रहिरहेको र संविधान अनुसार सम्मानपूर्वक बााच्न पाउने हकको हनन भइरहेकामा चिन्ता व्यक्त गरेको छ ।
आयोगले सर्वोच्च अदालतको आदेशबमोजिम सीमा नाकामा अलपत्र नेपालीहरूको तत्काल उद्धार गरी डब्लूएचओको मापदण्डबमोजिम क्वारेन्टाइनमा राख्न र सबैको स्वास्थ्य परिक्षण गर्न निर्देशन दिएको हो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















