काठमाडौं । नेपालमा आज एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु, रूपन्देही, पर्सा र बारामा संक्रमित भेटिएका हुन्। जसमध्ये कपिलवस्तुमा ८, रूपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना नयाँ संक्रमित भेटिएका हुन्।
उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















