काठमाडौं: प्रताप दास र ससिका राईको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ | फराज अर्पणको शब्द तथा सँगीत रहेको ‘मायाले मुटु यो’ बोलको गीतको भिडियोमा मनीष थापा र ससिका राई फिचर्ड छन् | मोडलिङ र कोरियोग्राफीमा विस्तारित अनुभव बटुल्दै आएका मनीष कलाकारिता र मोडलिङ क्षेत्रमा लक्ष्य बोकेका व्यक्ति हुन् र हाल जापानमा अध्ययनको शिलशिलामा रहेका छन् भने ‘द भ्वइस अफ् नेपाल’ को टप 12 सम्म पुग्न सफल भई गायकी र कलाकारितामा ससिका राईले छुट्टै पहिचान र नाम कमाउन सफल हुँदै आएकी छिन् |

सँगीतकार,गायक एवम शब्द रचनाकार फराज अर्पणले छायाँकन,सम्पादन र निर्देशन गरेको उक्त भिडियोमा मनीष थापाको कोरियोग्राफी रहेको छ | भिडियो फार अवे इन्टरटेन्मेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो |

Comments

comments