काठमाडौं ।  चीनमा कोरोना कहर चलिरहेका बेला नेपालमा आगामी दिनमा पर्ने प्रभावका बारेमा विभिन्न राजनीतिक दलका नेता त्यसमा पनि विपक्षी दलका सांसदहरुले संसद बैठकमा सरकारको ध्यानाकर्षण नगराएका होइनन् ।
हिउँदे अधिवेशनमा यसको तयारीका बारेमा सरकारको जवाफ पनि माग गरे । तर सरकार यस्तो गैरजिम्मेवार रुपमा प्रस्तुत भयो कि अहिले हेर्दा लाजनै लाग्ने अवस्था छ । त्यसपछि प्रतिनिधिसभामा सांसदहरुले सरकारले कोरोनाबाट नेपाललाई जोगाउन सरकारको तयारी नभएको भन्दै सरकारको आलोचना गरेका थिए ।
सदहरुको प्रश्नको जवाफ दिने क्रममा स्वास्थ्यमन्त्री ढकालले भनेका थिए, ‘चीनले त्यहाँ हजार बेडको अस्पताल बनाइसक्यो, हामी चाहिं कुरा मात्रै गर्दैछौं भन्नुभयो । सत्य त्यही हो यसमा मेरो विमती छैन । किनभन्दा यो रोग त्यहीँ उत्पति भयो १७ हजार मान्छे संक्रमित भए, ३६१ जनाले ज्यान गुमाउनु पर्यो । हाम्रोमा १३ जनालाई संक्रमण भएको आंशकामा परीक्षण गरियो सबैमा नेगेटिभ देखियो भनेपछि चीन सरकार जसरी नाच्छ हामीले त्यही तालमा खुट्टा उचाल्नुपर्छ भन्ने छैन । म विद्यार्थी हुँदाको भनाई स्मरण आयो, दिल्ली र बेइजिङमा पानी पर्दा काठमाडौंमा छाता ओढ्ने गर्थे रे । जहाँ रोगले आक्रमण नै गरेको छैन भने त्यसले अप्ठ्यारो स्थिति ल्याउँछ भन्ने कुरा हुन्न ।’ त्यसबेला नेपालमा कोरोना संक्रमण देखिएको थिएन र स्वास्थ्यमन्त्रीको भनाई त्यति ख्याल गरिएन तर मन्त्रीले यस्तो अभिव्यक्ति नदिएर काम गरेको भए अहिले महिनौं लकडाउनमा बस्नु पर्ने थिएन ।
त्यसपछि सरकार त्यसमा पनि विभागीय मन्त्री ढकाल स्वास्थ्य सामग्री खरिदका लागि ओम्नी समूहलाई दिएको भन्दै विवादमा तानिए । बजार मूल्य भन्दा आठ गुणा बढी मूल्यमा ठेक्का दिएको भन्दै उनी विवादमा तानिएका हुन् । त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा. शेरबहादुर पुनलाई स्पष्टिकरण लिने निर्णयमा मन्त्री ढकाल विवादित बने । मन्त्रालयले डा.पुनलाई स्पष्टिकरण सोधेको थियो । तर, कोरोना महामारी संक्रमणबारे उपचारमा संलग्न पुनलाई स्पष्टिकरण सोध्ने मन्त्री ढकालको निर्णय विरुद्ध नागरिक अगुवा, राजनीतिक नेता तथा कार्यकतादेखि आमसर्वसाधरणले समेत विभिन्न माध्यमबाट आपत्ति जनाएपछि अनेक बहाना बनाएर निर्णय फिर्ता लिन बाध्य भए । त्यसैगरी बैठकबाट फर्कनेक्रममा कोरोनाबारे सोधिएको प्रश्नमा ‘घरमा पाहुना आएकाले बोल्दिन’ भन्ने अभिव्यक्ति दिएर मन्त्री ढकाल विवादित बने
गत बिहीबार स्वीस सरकारले नेपाल सरकारलाई रोश डायग्नोस्टिकको कोभिड–१९ परीक्षण गर्ने ३० हजार थान टीवमोलविल पीसीआर टेष्ट किट हस्तान्तरण गर्यो ।
त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई नेपालका लागि स्वीस राजदूत एलिजाबेथ भोन क्यापलरले उक्त किट हस्तान्तरण गरेकी हुन् । त्यसक्रममा मन्त्री ढकालले राजदूतसँग हाल मिलाए । न हातमा पञ्जा लगाएका थिए । किन मन्त्रीले हात मिलाए भनेर उनको सामाजिक संजालमा मर्यादामा ख्याल नगरेको भन्दै विरोध भएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।