३१ बैशाख २०७७
चौंरीदेउराली । काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाले लकडाउनमा कडाई गर्ने निर्णय गरेको छ । आज (बुधबार) बसेको बैठकले लकडाउनलाई थप कडाई गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महान दास लामाद्वारा हस्ताक्षरित सूचना अनुसार जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, स्वास्थ्यकर्मीका सवारी साधन, एम्बुलेन्स, तरकारी गाडी बाहेक अन्यलाई चल्न नदिने उल्लेख छ । साथै अन्यले चलाएमा सुरक्षा निकायले कब्जामा लिई लकडाउन नखुलेसम्मको लागि नियन्त्रणमा राख्ने जनाएको छ ।
यस्तो छ सूचनाः

यस चौंरीदेउराली गाउँपािलकाको मिति २०७७/१/३१ गते बसेको गाउँकार्यपालिकाको बैठकको निर्णयानुसार विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को कारणले उत्पन्न विषम परिस्थितिलार्य मध्येनजर गरी संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले देहाय अनुसार गर्नु गराउनको लागि सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ । यो सूचनालाई बर्खिलाप गरिएको पाइएमा नियमानुसार कडा कारवाही गरिनेछ ।
तपशिल
१. दैनिक उपभोग्य खाद्य सामाग्री पसलहरु प्रत्येक दिन बिहान ७–९ बजेसम्म खोल्न दिन् ।
२. हार्डवेयर पसलहरु प्रत्येक दिन विहान ७–९ बजेसम्म खोल्न दिने ।
३. मेडिकल तथा भेटनरी पसलहरु २४ घण्टा खुला हुने ।
४. माथि उल्लेखित भन्दा बाहेकका अन्य पसलहरु बन्द रहने ।
५. जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, स्वास्थ्यकर्मीका सवारी साधन, एम्बुलेन्स, तरकारी गाडी बाहेक अन्यलाई चल्न नदिने, चलाएमा सुरक्षा निकायले कब्जामा लिई लकडाउन नखुलेसम्मको लागि नियन्त्रणमा राख्ने ।
महान दास लामा
प्रमुख प्रशासकीय अधिकृत
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।