३१ बैशाख २०७७
काठमाडौं । देशभर आजसम्म कुल साढे ८१ हजार बढी कोरोना परीक्षण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिमार्फत ६० हजार ३ सय १९ र पीसीआर विधिमार्फत २१ हजार ३ सय ४० वटा गरी ८१ हजार ६ सय ५९वटा परीक्षण गरिएको जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा दुवै विधिमार्फत गरी ३ हजार ४९ वटा परीक्षण गरिएको जानकारी दिएका छन् । तीमध्ये २ हजार ३ सय ५७ पीसीआरविधिमार्फत र ६ सय ९२ वटा आरडिटी विधिमार्फत जाँच गरिएको हो।
बुधबारसम्म आरडिटी विधिमार्फत भएका परीक्षणको संख्याको प्रादेशिक विवरण निम्‍नानुसार छः
प्रदेश नम्बर १ मा ८ हजार ३ सय २०
प्रदेश नम्बर २ मा ५ हजार ९ सय ३७
बागमती प्रदेशमा ९ हजार ३ सय ६३
गण्डकी प्रदेशमा ६ हजार ५ सय २६
प्रदेश नम्बर ५ मा ७ हजार २ सय २१
कर्णाली प्रदेशमा ७ हजार २ सय २९
सुदूरपश्चिम प्रदेशमा १५ हजार ७ सय २३
अपडेटअनुसार क्वारेन्टाइनमा बस्नेहरूको कुल संख्या १४ हजार ३ सय १३ जना छ।
प्रदेश नम्बर १ मा ९ सय ५९ जना
प्रदेश नम्बर २ मा १ हजार ५ सय ७४ जना
बागमती प्रदेशमा १ सय १ जना
गण्डकी प्रदेशमा २ सय ७९ जना
प्रदेश नम्बर ५ मा ६ हजार ९ सय ८९ जना
कर्णाली प्रदेशमा १ हजार ५ सय ६३ जना
सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ४८ जना
मन्त्रालयका अनुसार हालसम्म २ सय ४५ संम्भावित संक्रमित र संक्रमित आइसोलेसनमा रहेका छन् । तीमध्ये ६ जना काठमाडौंउपत्यकामा र काठमाडौंबाहिर २३९ जना छन्।
प्रदेश नम्बर १ मा २१ जना
प्रदेश नम्बर २ मा ९८ जना
बागमती प्रदेशमा २५ जना
प्रदेश नम्बर ५ मा १ सय १ जना
हालसम्म नेपालमा फेला परेका कोरोना संक्रमितको संख्या २१९ पुगेको छ। तीमध्ये १७६ जना पुरुष र ४३ जना महिला रहेका छन्।
हेर्नुुस् प्रादेशिक विवरणः
प्रदेश नम्बर १ मा ३५ जना
प्रदेश नम्बर २ मा ९६ जना
बागमती प्रदेशमा ९ जना
गण्डकी प्रदेशमा २ जना
प्रदेश नम्बर ५ मा ७२ जना
सुदूरपश्चिम प्रदेशमा ५ जना
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।