१ जेष्ठ २०७७
काठमाडौं । काठमाडौंमा १ जना सहित थप दुईजना कोरोना भाईरस संक्रमित भेटिएको छ । यस सँगै नेपालमा कोरोना भाइरस संक्रममित २४५ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समिर कुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षण अनुसार काठमाडौं चन्दागिरी निवासी ३२ वर्षिय पुरुष र कपिलवस्तु निवासी ६ वर्षिय महिला रहेका छन् ।
हालसम्म उनीहरुका स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो आज विहान ६ः१५ बजेको विवरण हो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















