१ जेष्ठ २०७७
काठमाडौं । नेपालमा आज एकै दिन ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २५० पुगेको छ ।
आज विहान थप २ जनामा संक्रमण पुष्टि भएको विज्ञप्ति निकालेको स्वास्थ्य मन्त्रालयले विहान ७ः४५ बजे थप ५ जना थपिएको पुष्टि गरेको छ ।
मन्त्रालयले जारी गरेको पछिल्लो विज्ञप्ति अनुसार सर्लाही र महोत्तरीमा २/२ जना तथा धनुषाका एक जनामा संक्रमण पुष्टि भएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।