१ जेष्ठ २०७७
धेलिखेल । विश्वभर कोभिड–१९, संक्रमणले महामरी लिइरहेको बेला नेपालमा पनि पछिल्लो समय संक्रमित संख्या बढ्ने क्रममा छ । आज विहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गरियो ।
पहिलो सूचनामा २ जना संक्रमित भेटिएको र पछिल्लो सूचनामा ५ जना संक्रमित भेटिएको उल्लेख थियो । सबै सञ्चार माध्यमहरुले व्यानर न्यूज बनाएर प्रकाशन गर्ने काम भयो ।
केही समय पछि फेरि सूचना सच्याएको अर्को सूचना प्रकाशन गरियो । २ सय ५० बाट २०४५ मा झर्‍यो संक्रमित संख्या ।
सवाल यहाँ विश्वासनीयताको हो । सरकारलाई विश्वास नगरे कसलाई विश्वास गर्ने जनताले । यो डर र त्रासको अवस्थामा सरकारले भयंकार गल्ती गरेको महासुस सबैले गरेको छ । ठेगाना र उमेर समेत तोकेर यसरी सूचना प्रकाशन गरेर फेरि सूचना सच्याउन पुग्दा सरकारको उक्त निकायलाई जनताको भरोसा र विश्वास कहाँ पुग्छ होला ?
यो सूचनाले जनताको सूचनाको हकमाथि समेत प्रहार भएको छ । जनतालाई ढांट्ने काम भएको छ । यो संकटको घडीमा सरकारले सूचना संप्रेशनको सामान्य कुरालाई समेत पालना नगरेको महासुस भएको छ ।
सरकार मात्र बद्नाम भएन मिडिया पनि बदनाम हुन पुग्यो । त्यसैले सरकार झुट छैन भन्ने कुरा जसरी हुन्छ जनतालाई विश्वास दिलाउन आवश्यक छ । कसको के नियतले गलत सूचना गयो त्यसको छानविन गरेर कार्वाहीको दायरामा ल्याउन आवश्यक देखिन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि आफूले प्रकाशित गरेको सूचनामा सुधार गरेपनि विश्वासमा त संकट आयो नि । यसअघि मन्त्रालयले जारी गरेको सूचना अनुसार संक्रमितको संख्या २५० पुगेको उल्लेख थियो। पछिल्लो सूचना अनुसार संक्रमितको संख्या २४५ मात्रै रहेको उल्लेख छ।
‘अध्यावधिक विवरण अनुसार कोभिड–१९ का पुष्टि भएकाहरुको जम्मा संख्या २४५ नै रहेको छ’, मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीद्वारा जारी सूचनामा भनिएको छ, ‘पछिल्लो अध्यावधिक विवरण अनुसार २५० भएकोमा प्राविधिक कारणले पहिले नै पुष्टि भएका ५ जनाको विवरण पुनः रिपोर्टिङ भएको जानकारी गराउन चाहन्छु ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।