१ जेष्ठ २०७७
धुलिखेल । काठमाडौंमा सहित अन्य जिल्लामा गरि ३ जना कोरोना संक्रमित थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा संक्रमित संख्या २४९ जना पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परिक्षण अनुसार तीन जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार संक्रमित पुष्टी भएकहरुमा काठमाडौं दहचोक निवासी ७ वर्षीय पुरुष, जनकपुर धनुषा निवासी १७ वर्षीय महिला, धादिङ निवासी ३० वर्षीय महिला रहेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।