२ जेष्ठ २०७७
काठमाडौं । मकवानपुरमा १ जना सहित थप ९ जना कोरोना भाईरस संक्रमित भेटिएको छ । यस सँगै नेपालमा कोरोना भाइरस संक्रममित २५८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समिर कुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षण अनुसार मकवानपुर निवासी ३७ वर्षिय पुरुष र बाँके नैनापुर वडा नं. १, ३ र ५ निवासी १८, २०, २५, २५, २७, ३२, ३६ वर्षीय पुरुष रहेका छन् ।
हालसम्म उनीहरुका स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।