३ जेष्ठ २०७७
काठमाडौं । शनिबार ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बर्दिया, सिराहा, पर्सा, सर्लाही, चितवनका थप ६ जनामा कोरोना संक्रमण देखिएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बर्दियाको नार्खु–११ की २८ वर्षीया महिला, सिराहा सखुवा–१९ का ३० वर्षीय पुरुष, सर्लाही रामनगर–४ की १८ वर्षीया महिलामा संक्रमण देखिएको छ ।
यस्तै, पर्साको वीरगञ्ज–१२ का २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगर–४ की १८ वर्षीया महिला र चितवन गढौली–१ की २५ वर्षीया महिलामा पनि संक्रमण देखिएको छ ।
योसँगै देशभर कोरोनाबाट संक्रमित हुनेको संख्या २७३ पुगेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।