३ जेष्ठ २०७७
धुलिखेल । काभ्रे जिल्लाको धुलिखेल सामुदायिक अस्पतालमा एकजनाको सुत्केरी महिलाको मृत्यु भएपछि अस्पताल सिल गरिएको छ । कोरोना संक्रमणको लक्षण भेटिएपछि अस्पतालमा भर्ना गरिएका उनको मृत्यु भएपछि अस्पताल सिल गरिएको अस्पताल स्रोतले जनाएको छ ।
शिक्षण अस्पताल काठमाडौंमा आठ दिन अघि सिन्धुपाल्चोक बाह्रबिसेकी ३० वर्षीय सुत्केरी महिला घर फर्केपछि ती महिला विरामी परेकी थिइन् । उनमा कोरोना संक्रमण मिल्दो लक्षण देखिएपछि विहिबार धुलिखेल अस्पतामा भर्ना गरिएको जिल्ला स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।
स्वास्थ्य प्रमुख झाका अनुसार विरामीको मृत्यु भएपछि उनको स्वाब परीक्षण अघि बढाइएको छ । विरामीमा कोरोना संक्रमण भए नभएको प्रतिवेदन आउन बाँकी रहेको झाले जानकारी दिए ।
‘जुनसुकै रोगले मृत्यु भएपछि कोरोना भाईरससँग जोडेर हेर्ने गर्छन् । यो गलत छ ।’ उनले भने, ‘अबको १५ मिनेट भित्रमा उनको परिक्षण प्रतिवेदन आउने छ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।