३ जेष्ठ २०७७
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काभ्रेको १ जना सहित थप दुई जनामा कोरोना संक्रमण देखिएको बताएको छ । यो सँगै संक्रमितको संख्या २७८ पुगेको छ । जसमा ३६ जना निको भएर घर फर्किएका छन् ।
मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा डा. विकास देवकोटाले महोत्तरी जिल्लाका ५२ वर्षीय पुरुष र काभ्रे जिल्लाका २६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको जानकारी गराए ।
संक्रमितमध्ये पुरुष २२४ जना रहेका छन् भने ५४ जना महिलाहरु रहेका छन् ।
मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा आरडिटी विधिबाट ६५ हजार ७ सय ४९ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म २६ हजार ६ सय ९१ परीक्षणहरु छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।