३ जेष्ठ २०७७
धुलिखेल । सिन्धुपाल्चोककी एक महिलाको कोरोनाका कारण मृत्यु भएपछि उनका आफन्तहरुहरुलाई आइसोलेसनमा राखिएको छ । जिल्ला कमाण्ड पोष्ट, काभ्रेका सदस्य तथा जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाका अनुसार मृतक महिलाका जनालाई धुलिखेल अस्पतालकै आइसोलेसनमा राखिएका छ ।
‘सिन्धुपालचोक जिल्ला बाह्रविसे निवासी वर्ष २९ की महिलाको धुलिखेल अस्तपतालमा कोरोनाबाट मृत्यु भएकोमा निजको श्रीमान लगायत ४ जनालाई सोही अस्पतालको आइसोलेशनमा राखिएको छ ।’ प्रमुख झाले भने, ‘त्यसैगरि सिन्धुलीबाट आएका शंकास्पद विरामीका ४ जना आफन्तहरुलाई धुलिखेल नगरपालिका स्थित सञ्जिवनी स्कुलमा रहेको क्वारेन्टाइनमा राखिएको छ ।’
उता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने ती सुत्केरी महिलाको मृत्यु कोरोना भाईरसका कारण भएको भनी पुष्टी गरेको छैन । अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ ।
झाका अनुसार धुलिखेल अस्पतालमा आज २४ जनाको स्वाबको पीसीआर परिक्षण हुँदा ३ जनाको पोजिटिभ रिपोर्ट आएको छ भने अन्य नेगेटिभ आएको छ ।
यसैबीच बनेपा नगरपालिका स्थित नेपाल रेडक्रस सोसाईटीको तालिम केन्द्र भवनमा रहेको क्वारेन्टाइनमा १ जना पुरुष व्यक्तिलाई राखिएकोमा निजको स्वाव परिक्षण नेगेटिभ आएको झाले जानकारी दिए । ‘नेगेटिभ रिपोर्ट आएको र निजहरुलाई डिस्चार्ज गर्ने तयारी भएको छ ।’ –झाले भने ।
त्यसैगरी कोरोना भाइरसका कारण सुत्केरी महिलाको मृत्यु भएपछि धुलिखेल अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।