३ बैशाख २०७७
काभ्रे । जिल्लाको धुलिखेल अस्पतालमा बिहीबार राति मृत्यु भएकी महिलाको शव बोक्न कुनै पनि शव बहनले बोक्न नमाने पछि भक्तपुरबाट एम्बुलेन्स मगाएका छन् । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेकी एक महिलाको कोरोना भाइरसका कारण मृत्यु भएपछि शव बहनहरुले शव बोक्न नमानेको जनाइएको छ ।
शव बोक्न कुनै पनि शवबाहन तयार नभएपछि भक्तपुरबाट एम्बुलेन्स मगाइएको काभ्रे प्रहरीले जानकारी दिएको छ । धुखिलेल अस्पतालबाट शवलाई पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरिने भएपछि त्यसतर्फ शव लान शवबहनले नमानेका हुन् ।
काभ्रेको धुलिखेल अस्पतालमा बिहीबार राति मृत्यु भएकी महिलाको शव दाहसंस्कार गर्ने तयारी भएको छ । शवलाई काठमाडौं ल्याएर दाहसंस्कार गर्न भक्तपुर अस्पतालको एम्बुलेन्ससहितको टोली पुगेको छ।
शव बोक्नका लागि एम्बुलेन्ससहितको टोली शनिबार साँझ ७ः३० बजे भक्तपुर अस्पतालबाट धुलिखेल अस्पताल गएको हो । ज्यान गुमाउनेमा सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका’९ निवासी २९ वर्षीया महिला रहेकी छन्। त्रिवि शिक्षण अस्पतालमा वैशाख २३ गते भर्ना भएर सुत्केरी भएपछि वैशाख २५ मा डिस्चार्ज भएकी उनको बिहीबार राति १० बजे धुलिखेल अस्पतालमा ज्यान गएको हो।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिव पौडेलसहितको सुरक्षाकर्मीको टोली र शव व्यवस्थापनका लागि उद्धार टोलीका अरुण सैँजु र राजेश गाईजुको टोली धुलिखेल अस्पताल गएको हो । त्यसको सबै काम उद्धार टोलीका सैजु र गाईजुले गर्ने भएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















