४ बैशाख २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान सार्वजनिक गरेको तथ्यांक अनुसार थप १० जनामा संक्रमण पुष्टि भएको हो।
राजपुर नगरपालिका फरदहवा–९ मा सात जना र इशनाथ नगरपालिका वडा नम्बर ३ र ५ मा तीन जनासहित जिल्लामा एकैदिन १० नयाँ स‌क्रमित भेटिएका हुन्‌।
रौतहटमा भेटिएका १० जनासहित नेपालमा कोरोना स‌ंक्रमित संख्या २९१ जना पुगेको छ।
फरहदवा र इशनाथमा भेटिएका संक्रमितहरूको स्वास्थ्यअवस्था सामान्य रहेको मन्त्रालयले जानकारी गराएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।