तस्बीरः रोजन तामाङ (पत्रकार)
४ जेष्ठ २०७७
धुलिखेल । कन्टेनर भ्यानमा लुकिछिपी आएका ५० जना तारतीय नागरिकहरुलाई काभ्रेको धुलिखेलमा नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालय, काभ्रेले ५० भारतीय नागरिकलाई आज बिहान ८ नियन्त्रणमा लिएको हो ।
कन्टेनर भ्यानबाट भारतीय नागरिक धुलिखेलमा ओराल्दै । तस्बीरः रोजन तामाङ (पत्रकार)
ती भारतीय नागरिकहरु सिन्धुपाल्चोकको जल्केनीबाट आज बिहान कन्टेनर भ्यानबाट धुलिखेल आइपुगेका भारतीय नागरिकलाई सूचना पाएलगत्तै सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । ती भारतीय नागरिक जल्केनीमा विद्युत् प्रसारण लाइनमा काम गर्ने मजदुर रहेको प्रमुख जिल्ला अधिकारी तिल्सिनाले जानकारी दिए ।
ती नागरिकलाई के गर्ने भन्ने विषयमा छलफल भइरहेको तिमिल्सिनाले बताए । ’नियन्त्रित भारतीय नागरिकलाई जहाँबाट आएको उतै फर्काउने वा अन्य कुनै प्रक्रियामा जाने भन्नेबारे सम्बन्धित निकायसँग थप छलफल हुँदैछ ।’ तिमल्सिनाले भने, ‘बिनासूचना यसरी मानिस ल्याएर छाड्न पाइँदैन ।’

Comments

comments