४ जेष्ठ २०७७
धुलिखेल । सिन्धुपाल्चोकबाट काभ्रे आइपुगेका भारतीय नागरिक फकाईएको छ । आज विहन जिल्ला प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएका ५० जना भारतीय नागरिकलाई सिन्धुपाल्चोक नै फर्काइएको हो ।
ती भारतीय नागरिकलाई बा ३ ख २५४६ नम्बरको कन्टेनर भ्यानले धुलिखेल नगरपालिकाको डम्बिङ साइटमा ल्याएर छाडिदिएको थियो । कन्टेनरले भारतीय नागरिकलाई छोडेको सुचना पाउन साथ प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनीहरुलाई सिन्धुपाल्चोक नै फर्काइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी कुमार विक्रम थापाले जानकारी दिए । डिएसपी थापाका अनुसार उनीहरुलई बस चडाएर सिन्धुपाल्चोक नै पठाइएको छ ।
उनीहरु सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ वडामा तामाकोशी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणमा काम गर्ने मजदुरहरु हुन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















