४ जेष्ठ २०७७
काठमाडौं । कोभिड(१९ नियन्त्रण तथा रोकथाम समितिले लकडाउन १५ दिन थप गर्न सरकारलाई सिफारिस गरेसँगै सरकारले जारी लकडाउन १५ दिन थप गर्ने निर्णय गरेको छ ।
केहीबेरअघि सम्पन्न मन्त्रिपरिषद् बैठकले जेठ २० गतेसम्म लकडाउन यथास्थितिमै जारी राख्ने निर्णय गरेको हो। सोमबारदेखि लकडाउनको अवधि समाप्त हुँदैछ ।
नेपालमा कोरोनाको जोखिम न्यूनीकरणका लागि भन्दै गत चैत ११ गतेदेखि निरन्तर लकडाउन रहेको छ । तर, यो बीचमा २९५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने कोरोनाकै कारण २ जनाको मृत्यु भइसकेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















