५ जेष्ठ २०७७
धुलिखेल । विश्वभर कोरोना संक्रमितको संख्या ४७ लाख १० हजार ६१४ पुगेको छ। संक्रमितमध्ये तीन लाख १५ हजार २३ जनाको ज्यान गएको छ।
अमेरिकामा अहिलेसम्म १४ लाख ७६ हजार ३४६ जना संक्रमित भेटिएका छन्। ८९ हजार ५५० जनाको मृत्यु भएको छ।
अमेरिकापछि सबैभन्दा धेरै संक्रमित रुसमा छन्। त्यहाँ दुई लाख ८१ हजार ७५२ जना संक्रमित भेटिएकामा दुई हजार ६३१ जनाको ज्यान गएको छ।
अमेरिकास्थित क्यालिफोर्नियाको एक धार्मिक समारोहमा भाग लिएका संक्रमितबाट त्यहाँ सहभागी अन्य १८० जना मानिसमा पनि कोरोना संक्रमण भएको छ।
दक्षिण अफ्रिकामा एकैदिन एक हजार १६० नयाँ संक्रमित भेटिएका छन्। २४ घण्टाको अवधिमा कुनै एक देशमा भेटिएका संक्रमितको संख्या यो सबैभन्दा बढी हो।
छिमेकी देश भारतमा ९५ हजार ६ सय ९८ जना संक्रमित फेला परेका छन् भने तीन हजार २५ जनाको ज्यान गएको छ। आर्थिक राजधानी मुम्बईमा वितेका २४ घण्टाभित्र थप एक हजार ७१ संक्रमित थपिएका छन्।
संक्रमित थपिने र ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि भारतले जारी लकडाउनलाई ३१ मे सम्मका लागि थप गरेको छ। भारतमा चौथो पटक लकडाउन अवधि थप गरिएको हो।
नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ भने दुई जनाको ज्यान गएको छ।
Comments