७ जेष्ठ २०७७
धुलिखेल । काभ्रे जिल्लाको भुम्लु गाउँपालिका स्थित वडा नं. ८ मा बोलेरो दुर्घट्ना भएको छ । आज (बुधबार) दोलालघाटबाट भुम्लु गाउँपालिकाको वडा नं. १ सापिङ तर्फ हिडेको बा १६ च ८८३८ नम्बरको बोलेरो गाडी उकालो जाँदै गर्दा ब्याक आएर दुर्घटना भएको हो ।
दुर्घट्नामा परि २ जना व्यपत्ता भएको जनाइएको छ । बेपत्ता हुनेमा भुम्लु गाउँपालिका वडा नम्बर १ सापिङका २६ बर्षीय अशोक गिरी र २८ बर्षीय भोला महत रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रहरीका अनुसार बोलेरो सिमेन्ट र कुखराको दाना लिएर जाँदै गरेको उक्त जीप दुर्घट्ना भएको थियो । उकालोमा ब्रेक लगाउने क्रममा जीपको पछाडी बसेका यात्रु सुनकोशीमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ३९ बर्षीय सानुमाया गिरी घाइते भएको र उनको शीर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घट्ना पछि स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बेपत्ताको खोजी भइरहेको जनाइएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।