७ जेष्ठ २०७७
चौंरीदेउराली । काभ्रे जिल्लाको चौरीदेउराली गाउँपालिकाका १० जनामा कोरोना भाइरस पोजिटीभ देखिएको छ । आज आरडिटी विधि मार्फत गरिएको परीक्षणमा कोरोना भएको पाइएको हो ।
गाउँपालिकाका स्वास्थ्य संयोजक तेज बहादुर घिसिङका अनुसार १० जनामा कोरोना पाइएपछि थप परिक्षणका धुलिखेल अस्पताल पठाइएको छ ।
आरडिटी विधि मार्फत मंगलबार ३२ जनाको परीक्षण गर्दा २ जनामा कोरोना पोजेटिभ देखिएको थियो । त्यस्तै आज २७ जनाको परीक्षण गरिएकोमा थप ८ जनामा कोरोना पोजेटिभ देखिएको हो । यसरी आरडिटीमा कोरोना पोजेटिभ देखिनेमा क्वारेन्टाइनमा बसेका देखि स्वास्थ्य कर्मी र पालिकाका कर्मचारी समेत छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।