८ जेष्ठ २०७७
दोलालघाट । बुधबार सवारी दुर्घट्नामा सुनकोशीमा बेपत्ता भएका मध्य एकजनाको शव फेला परेपनि एकजना भने अझै बेपत्ता रहेका छन् । काभ्रे जिल्लाको भुम्लु गाउँपालिका वडा नम्बर ८ सापिङस्थित सिलामे भीरमा बोलेरो गाडी दुर्घटना हुँदा सुनकोशी नदीमा दुईजना बेपत्ता भएका थिए ।

बुधबार दुर्घट्ना हुने वित्तकै प्रहरी, स्थानीय जनप्रतिनिधि र स्थानीयको पहलमा खोजीकार्य गरेपनि फेला पार्न नसकेपछि आज विहान पुनः खोजीकार्य जारी राखेको जनाइएको छ । भुम्लु गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष खिरबहादुर श्रेष्ठका अनुसार आज विहान ६ बजेदेखि बेपत्ताहरुको खोजी गरेको थियो ।
विहान ६ बजेदेखि खोजी कार्य गर्दा दुर्घट्नामा परेका भुम्लु गाउँपालिका वडा नं १ का भोला महतको शव फेला परेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

भुम्लु गाउँपालिका वडा नं १ का २६ वर्षीय अशोक गिरी भने फेला नपारेको श्रेष्ठले बताए । आज दिनभर सुनकोशी नदीको विभिन्न भागमा खोज्दा पनि फेला नपरेको उनले बताए । ‘शसस्त्र प्रहरीको विशेष टोलीले विहानदेखि खोजी गरेको हो ।’ वडा अध्यक्ष श्रेष्ठले भने, ‘शसस्त्र प्रहरीको ‘खोदाखोरी’ नामक टिमले खोज्दा पनि फेला पार्न सकेन ।’

बेपत्ताहरुको खोजीको लागि शसस्त्र प्रहरीका एसपी पुरुषोत्तम थापाको टाली घट्नास्थलमा पगेका थिए । त्यसैगरि जिल्ला प्रहरी कार्यालय, काभ्रेबाट इन्स्पेक्टर एस खत्रीको नेतृत्वमा खोजी कार्यको लागि घट्नास्थल पुगेको थियो ।
घट्ना लगत्तै स्थानीय तथा जिल्ला स्थित प्रहरी प्रशासनमा जानकारी दिइ खोजी कार्यमा संलाग्न स्थानीय बुद्धिजीवि हेमशंकर गिरीका अनुसार भोलि पनि खोजी कार्य जारी राख्ने छ ।
शब फेला परेका महतको अझै बनेपा स्थित शिरमेमोरियल अस्पतालमा पोष्टमार्टम गरी हिन्दु परम्परा अनुसार दहसंस्कार समेत गरेको छ ।
बुधबार दोलालघाटबाट सिमेन्ट र कुखुराको दाना लिएर सापिङ जादै गरेको बा १६ च ८८३८ नंको सो गाडी अचानक पछाडिको दुईवटै टायर सडकबाट तल खसी दुर्घटनामा परेको थियो । दुर्घट्नामा घाइते भएकी ३९ वर्षीया सानुमाया गिरी भने उपचार पछि घर फर्केको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















