९ जेष्ठ २०७७
बैतडी । कर्तव्य ज्यानको मुद्दामा पक्राउ परेका थुनुवामा कोरोना संक्रमण देखिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीमा रहेका एक जना थुनुवामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको डिएसपी दिल्ली नारायण पाण्डेले जानकारी दिए ।
‘कर्तव्य ज्यान मुद्दामा पक्राउ गरेका थियौं,’ उनले भने, ‘उनको स्वाब संकलन गरी धनगढी पठाएका थियौं। आज भर्खरै रिपोर्ट पोजिटिभ आएको छ।’ उनमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गरिएको छ ।
ती व्यक्तिलाई वैशाख १५ गते पक्राउ गरिएको थियो। शिवनाथ गाउँपालिका १ का २२ वर्षीय संक्रमित पुरुष चैत ६ गते भारतबाट नेपाल आएका थिए।
‘अब हामीले कन्ट्याक्ट ट्रेसिङको काम थालिसकेका छौं,’ उनले भने, ‘धेरै जोखिम भएका र कम भएका छुट्याएर परीक्षण थाल्छौं।’ उनका अनुसार संक्रमितको सम्पर्कमा आएका आइसोलेसनमा राखिनेछ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















