९ जेष्ठ २०७७
तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा आरडिटी परिक्षण गर्दा कोरोना संक्रमण भएको देखिएका व्यक्तिको पिसिआर परिक्षण गर्दा संक्रमण नभएको पुष्टि भएको छ । तेमाल गाउँपालिकाका स्वास्थ्य संयोजक शिवहरि पाठकले एक सूचना जारी गर्दै उक्त जानकारी दिएका हुन् ।
‘तेमाल गाउँपालकाले २०७७ साल जेष्ठ ७ र ८ गते ५९ जना अग्रपंक्तिमा कार्यरत स्वास्थयकर्मीहरु लगायतको आरडीटि परिक्षण गर्दा १ जनाको आरडिटी पोजिटीभ देखिएको थियो ।’ पाठकले भने, ‘सो व्यक्तिको धुलखेल अस्पतालमा पिसिआर परिक्षण गर्दा नेगेटिभ नतिजा आएको छ ।’

Comments

comments