९ जेष्ठ २०७७
धुलिखेल । आरडीटी परिक्षण गर्दा कोरोना संक्रमण देखाएको चौंरीदेउराली गाउँपालिकाका १० जनामा संक्रमण नभएको पुष्टि भएको छ । पिसिआर परिक्षण गर्दा सबैजनाको परिणाम नेगेटिभ आएको गाउँपालिका अध्यक्ष दिननाथ गौतमले जानकारी दिएका छन् ।
गत बुधबार (जेष्ठ ७) गते गरिएको आरडिटी परिक्षणमा १० जनाको पोजिटिभ देखाएको थियो । अध्यक्ष गौतमका अनुसार पीसिआर परिक्षणको लागि धुलिखेल अस्पतालमा स्वाभ परिक्षण गर्दा सबै जनामा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ ।
जिल्ला कमान्ड पोस्टका सदस्य सचिव तथा जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख डा. नरेन्द्रकुमार झालाई उदृत गर्दै गाउँपालिका अध्यक्ष गौतमले कोरोना संक्रमण नभएको जानकारी दिएका हुन् ।
क्वारेन्टाइनमा रहेका १७ जना सबैलाई सेल्फ क्वारेन्टाइन (होम क्वारेन्टाईन) मा हप्ता दिनसम्म बस्न पनि गौतमले आग्रह गरेका छन् ।

Comments

comments