१० जेष्ठ २०७७
धुलिखेल । काभ्रे जिल्लामा ३९ जना क्वारेन्टाइनमा र १ जना आइसोलेशनमा उपचार भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाका अनुसार काभ्रेको विभिन्न स्थानीय तहको क्वारेन्टाईनमा उनीहरुको उपचार भइरहेको छ ।
डा. झाका अनुसार काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा २ जना, धुलिखेल नगरपालिका स्थित सञ्जिवनी माविमा २७ जना, धुलिखेल अस्पतालमा ७ जना, मण्डनदेउपुर नगरपालिकामा २ जना, पनौती नगरपालिकामा १ जना गरी ३९ जना क्वारेन्टाइनमा राखी उपचार भइरहेको छ । त्यसैगरि १९ जनाको आरडिटी रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ ।
उनका अनुसार १ जना धुलिखेल अस्पतालामा आइसोलेशनमा राखी उपचार भइरहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















