१० जेष्ठ २०७७
काठमाडौं । शनिबार मात्रै नेपालमा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका अनुसार शुक्रबार बिहान ३२ जना संक्रमित थपिएका हुन् भने दिउँसो ३६ जना थपिएका हुन्।
शनिबार दिउँसो ४ बजेर १५ मिनेट जाँदा मन्त्रालयले आयोजना गर्ने नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। यसअघि मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बिहान ३२ जनामा कोरोना संक्रमण पाइएको जानकारी दिएका थिए।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पतालत कोभिड १९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षणमा थप कोरोना संक्रमण पुष्टि भएको जानकारी अधिकारीले दिएका थिए। संक्रमितहरु कपिलवस्तु, सर्लाही, बारा, रुपन्देही र चितवनका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा शनिबार ८स्४० मा जारी सूचनामा उल्लेख थियो।
यो सहित नेपालमा संक्रमितको संख्या ५ सय ८४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्।
हालसम्म नेपालमा संक्रमण पुष्टि भएकामध्ये ७० जना अहिले संक्रमणमुक्त भएका छन् भने ३ जना संक्रमितको भने मृत्यु भइसकेको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।