११ जेष्ठ २०७७
धुलिखेल । काभ्रे जिल्लामा क्रियाशिल पत्रकारहरुको कोरोना भाइरस संक्रमण सम्बन्धी बीमा गरेको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा काभ्रेको विशेष पहलमा उक्त बीमा गरेको हो ।
जिल्ला शाखा अध्यक्ष मोतिराम तिमल्सिनाका अनुसार १ सय ३७ जना पत्रकारहरुको कोरोना संक्रमण सम्वन्धी बीमा युनाईटेड इन्स्युरेन्स कम्पनीमा गरेको छ ।
तिमल्सिनाका अनुसार बीमा कागजात बुझाएको १५ दिनपछि मात्रै लागू हुनेछ । ‘संक्रमित पत्रकारले बीमाको सम्झौता र कोरोना संक्रमण भएको पिसिआर परीक्षणको कागजात भएसँगै १ लाख रुपैयाँ भुक्तानी पाउनेछ ।’ अध्यक्ष मिमल्सिनाले जानकारी दिए ।
सरकारले सबै खालको उपचार र परिक्षण गर्ने भएकाले यो बीमा बापतको रकम संक्रमण भए लगत्तै उपलब्ध हुने उनले बताए ।
‘सकेसम्म कोहि साथीहरुलाई संक्रमण नहोस् । सुरक्षित रुपले पेशालाई निरन्तरता दिनु आवश्यक छ । यदि कथंमकथाचित महामारीमा जोगिन सकिएन र संक्रमण भई हालेमा उक्त रकम भुक्तानी हुनेछ । प्रति सदस्य ६ सयका दरले आवश्यक रकम महासंघले बीमा कम्पनीलाई भुक्तानी गर्नेछ ।’ तिमल्सिनाले भने ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।