११ जेष्ठ २०७७
धुलिखेल । नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ६०३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार एकै दिन आइतवार १९ जना संक्रमित थपिएका हुन् ।
जस अनुसार पर्सा, नुवाकोट, रुपन्देही, बारा, कपिलवस्तुमा नयाँ संक्रमित भेटिएका छन् । त्यसैगरी गुल्मीको मदानेमा पनि एकजना संक्रमित भेटिएका छन्।
आइतवार मोरङमा १, बारामा १, पर्सामा ३, रौतहटमा १, सर्लाहीमा १, रूपन्देहीमा ६, काठमाडौँ सोह्रखुट्टेमा १, नुवाकोटमा १, कपिलवस्तुमा ३, गुल्मीमा १ जना संक्रमित थपिएका हुन् ।
पछिल्लो पटक कोरोना संक्रमित भेटिने नयाँ जिल्ला नुवाकोट भएको छ । यससँगै कोरोना संक्रमण फैलिएर ४२ जिल्लामा पुगेको छ । ककनी गाउँपालिका–३ का एक युवामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
ती संक्रमितलाई काठमाडौं पठाउने तयारी भइरहेको छ। काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल क्षेत्रमा जेठ ६ गते कोरोना परीक्षणका भएको थियो । जसमा अरुको रिपोर्ट नेगेटिभ आए पनि उनको पोजेटिभ आएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार हालसम्म कोरोना संक्रमण भएर उपचारपछि निको हुनेको संख्या ८७ पुगेको छ । पछिल्लो पटक बुटवलबाट १० जना र पर्साको वीरगञ्जबाट ७ जना निको भएर घर फर्किएका छन् ।
आइतवार अपरान्ह (४ः१५ बजे) सम्मको अपडेट
कोरोना संक्रमितः ६०३ (पुरुष ५२४, महिला ७९)
(डिस्चार्ज) निकोः ८७
उपचाररतः ५१३
मृत्युः ३ (पुरुष २, महिला १)
संक्रमित जिल्लाः ४२
संक्रमित संख्या प्रदेश अनुसारः
प्रदेश नं. १ः ८६
प्रदेश नं. २ः १७९
बागमती प्रदेशः ३४
गण्डकी प्रदेशः ५
प्रदेश नं. ५ः २८१
कर्णाली प्रदेशः ४
सुदुरपश्चिम प्रदेशः १४
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।