१२ जेष्ठ २०७७
हेटौंडा । बागमती प्रदेस सभाको छैटौ अधिवेसन आजबाट शुरु हुँदै छ । दिउँसो २ बजेबाट शुरु हुने प्रदेस सभाको छैटौ अधिवेसनको पहिलो दिन दुई वटा बैठक राखिएको छ।
पहिलो बैठकमा संसदीय परम्परा अनुसार मुख्यमन्त्री तथा अन्य राजनीतिक दलका प्रतिनिधिहरुले शुभकामना दिनेछन् भने पहिलो दिनको दोश्रो बैठक प्रि–बजेट छलफलको महत्वपूर्ण विषयमा प्रवेश गर्नेछ ।
बागमती प्रदेसका आर्थिक मामिला मन्त्रि कैलाश ढुंगेलको प्रस्ताव माथि छलफल शुरु गरिनेछ भने जेष्ठ १४ गते ११ बजे बागमती प्रदेस सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछ ।
कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम अभियानमा रहेका स्थानीय तह, प्रदेससभा सदस्य तथा बिज्ञहरुसँगको चरणवद्ध छलफल गरेको बागमती प्रदेस सरकारको आगामी बजेटमा प्रदेसमा उत्पादनमुखी व्यवसायिक कृषिमा विशेष कार्यक्रम तथा योजना ल्याउने तयारी गरिरहेको एक मन्त्रीले जानकारी दिएका छन् ।
त्यस्तै प्रदेस सरकारको गौरवको योजनाका रुपमा रहेको पोस्ट बहादुर बोगटी (भीमफेदी–कुलेखानी ) सुरुङ मार्ग निर्माणको बजेट स्वीकृत गर्ने निर्णय गरेको प्रदेस सरकारले प्रदेस सभा सदस्यहरुसँग आफ्नो निर्वाचन क्षेत्रमा छलफल गरेर योजनाहरु ल्याउनका लागि पनि आग्रह गरेको थियो।
प्रकोप नियन्त्रण र रोकथामका लागि प्रदेस सभा क्षेत्रबाट निर्वाचित सदस्यको संयोजनमा प्रकोप अनुगमन तथा सहयोग समिति गठन गरेको प्रदेस सरकारले त्यसको समिक्षा र थप कार्यक्रम ल्याउने तयारी गरिरहेको एक प्रदेस सभा सदस्यले जानकारी दिएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।