१३ जेष्ठ २०७७
बनेपा । नेपाली काँग्रेस पार्टीका केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईंले काभ्रेका पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेका छन् । आज (मंगलबार) नेपाल पत्रकार महासंघ, काभ्रे शाखाको कार्यालयमा केन्द्रिय सदस्य हुमागाईंले पत्रकारहरुलाई मास्क र प्रेस ज्याकेट वितरण गरेका हुन् ।
पत्रकारहरुसँग कुरा गर्दै नेता हुमागाईंले कोरोना भाईरसका कारण देश लकडाउन गरेपछि ६० लाख श्रमजीवि बेरोजगार बन्न पुगेकोमा चिन्ता व्यक्त गरे ।
‘मुलुक भित्र रहेका १२ लाख, विदेशमा रहेका ४५ लाख बेरोजगार हुँदै छ । त्यसैगरि छिमेकी देश भारतमा रहेका नेपालीको विवरण हामीसँग छैन ।’ उनले भने, ‘करिब ६० लाख बोरोजगार हुने भएको छ । हामीले चिन्ता गर्नुपर्ने कुरा हो ।’
काभ्रेमा रहेका कुनैपनि क्वारेन्टाइनहरु मापदण्ड अनुरुपको टिप्पणी गरे । स्थानीय सरकारसँग साधन स्रोतको अभाब रहेको मापदण्ड पुर्‍याउन नसकेको बताए ।
नेता हुमागाईंले कोरोना विरुद्धमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मी अग्रपंक्तिमा लागेको बताउँदै समस्या परे आफूलाई संझिन पत्रकारहरुसँग अनुरोध गरे ।
हुमागाईंले पत्रकारहरुको समस्याको बारेमा जानकारी लिएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।