१४ जेष्ठ २०७७
धुलिखेल । धुलिखेल उद्योग वाणिज्य संघले नेपाल सरकार समक्ष १६ बुँदे माग सहित ज्ञापन पत्र बुझाएको छ । कोभिड–१९ का कारण जिल्लामा सञ्चालित उद्योग व्यवसायहरु धराशयी बन्दै गएको भन्दै संघले ज्ञापन पत्र बुझाएको अध्यक्ष मञ्जु कुमार कोजुले बतएका छन् ।
मंगलबार एक समारोहको बिच प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाइएको अध्यक्ष कोजुले बताए । ज्ञापन पत्रमा लकडाउन अवधिभरको बैंकको ब्याजमा मिनाह र साँवाको भाका कम्तीमा पनि ३ वर्षको थप गर्नका लागि आग्रह गरिएको छ ।
धुलिखेल उद्योग वाणिज्य संघले यो विपद्को घडिमा व्यवसायीहरुको समस्याहरु मनन गर्दै के गर्दा सहज स्थिति सिर्जना गर्न सकिन्छ, सोही बमोजिम समर्पित हुने आशय ज्ञापन पत्रमा उल्लेख गरेको छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले आफूले सम्बन्धित निकायसम्म
व्यवसायीहरुका समस्या पु¥याउने र सानातिना सम्बोधन गर्न सकिने समस्याहरुलाई जिल्लाबाटै समाधान गरिने बताए । उक्त ज्ञापन पत्र बुझाउने क्रममा धुलिखेल उद्योग वाणिज्य संघसँग आबद्ध पर्यटन व्यवसायी, उद्यमी लगायत कार्यसमितिको उपस्थित रहेको थियो ।
साथै धुलिखेल नगरपालिकामा पनि नगर प्रमुख अशोक ब्यान्जुलाई पनि ज्ञापन पत्र बुझाइएको अध्यक्ष कोजुले जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















